2020-09-09
थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन् ।
उनले इलाका प्रहरी कार्यालय गरुडाका तत्कालिन डीएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, सई वीरेन्द्र यादव, हवल्दार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दिएका छन् । महतो विजय महराको मृत्यु हुँदा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख थिए । वीरेन्द्र यादव गरुडामै कार्यरत छन् । त्यस्तै प्रहरी निरीक्षक नवीन सिह र हवल्दारद्वय मियाँ र सिंह निरन्जन रामको हत्याको घटनापछि उक्त घटनाको अनुसन्धानका लागि गरुडा आएका थिए ।
घटनापछि प्रहरीले रौतहटका एसपी खड्कालाई फिर्ता बोलाएर अहिले अर्का एसपी सिद्धिबिक्रम शाहलाई पठाइसकेको छ । उक्त जाहेरीलाई जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । निरन्जन रामको हत्याको आरोपमा पक्राउ परेका विजय महराको थुनामै रहेका बेला बिरामी परी उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवारले प्रहरीको कुटपिटबाट मृत्यु भएको बताउँदै आएको छ ।
दोषीलाई कारबाहीको माग गर्दै गरुडामा निरन्तर प्रदर्शनसमेत भइरहेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Torture |
Weapons | Unclear |
Primary Cause | Violence in prisons (violence by correction officers, prisoners etc.) |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Police |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Killed | 1 |
Youth Killed | 1 |
Youth Abducted | 00 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD