Incident Reports

बालिकाको विवाह गराउनेलाई कारबाहीको माग l

2014-05-18

Province 1, Bhojpur, Tyamkemaiyung

खोटाङ । ०७१ जेठ ४ गते टेम्मा गाविस-६ निवासी १३ वर्षीया बालिर्कालाई ललाई फकाई विवाह गराएको भन्दै बालिकाको बुवा ३८ वर्षीय रामबहादुर सार्कीले स्थानीय ५१ वर्षीय प्रेमकुमार सार्की, २५ वर्षीय हरी सार्की, २१ वर्षीय नितु सार्की र भोजपुर अन्नपूर्ण गाविस-२ का २१ वर्षीय मनोज सार्कीलाई कारबाहीको माग गर्दै जेठ ४ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा उजुरी दिएका छन् । टेम्मा गाविस-७ स्थित शान्ति माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छोरीलाई आरोपितहरूले वैशाख २ गते घरमा कोही अभिभावक नभएको अवस्थामा विभिन्न प्रलोभन देखाएर विवाहको लागि भोजपुर जिल्ला अन्नपूर्ण गाविस-२ का २१ वर्षीय मनोज सार्कीसँग साथ लगाएर पठाएको उजुरीमा उल्लेख छ । ललाई फकाई अभिभावकको मञ्जुरी बिना नाबालिका छोरी बेपत्ता बनाउने आरोपितहरूलाई कानुनी कारबाही र छोरी फिर्ता गराउन निवेदकले आग्रह गरेका छन् । घटनाबारे जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका असई मनोज यादवले बालिकालाई आरोपितहरूले भोजपुर जिल्ला पठाएकाले कारबाहीका लागि भोजपुर प्रहरीलाई उजुरीको सक्कल प्रतिलिपि पठाईदिने बताए । मूलुकी ऐन अन्तर्गत विवाहवारी महलको दफा २ मा दश वर्षदेखि चौध वर्षमुनीको बालिकाको विवाह गराएको भएमा तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैया जरिवानको व्यवस्था भएको असई यादवको जनाए । डिएम चाम्लिङ राई

0 Comments