Incident Reports

प्रदेश ५ को राजधानी कपिलवस्तुमा माग गर्दै युवाहरुको राँके जुलुस

2020-10-04

Lumbini, Kapilbastu, Banganga

कपिलवस्तु । प्रदेश ५ को राजधानी कपिलवस्तुमा हुनुपर्ने माग राख्दै युवाहरुले राँके जुलुस तथा प्रदर्शन गरेका छन् । 

बुटवलमा आन्दोलन र दाङमा दीप प्रज्वलन भइरहदा बिचको जिल्ला कपिलवस्तुमा भने राजधानीको माग गर्दै प्रदर्शन भएको छ ।  

आईतबार साँझ बाणगंगा नगरपालिका-८ बोडगाउँमा भएको राँके जुलुसमा करिब २ सय युवाहरु सहभागी भएका थिए ।  

राके जुलुस वाणगंगा- ८ बोडगाउँबाट शुरु भएर चप्पर गाउँसम्म पुगेको सहभगी युवा विवेक पौडेलले खरीबोटलाई जानकारी गराए । 

कार्यक्रममा बोल्दै युवा नेता टीआर पाण्डेले प्राचीन कालमा सुद्दोधन राजा हुँदा पनि लुम्बिनीको राजधानी कपिलवस्तु भएको र आहिले पनि कपिलवस्तु बुद्धको अस्तित्त्व जोगाउन भएपनि राजधानी हुनुपर्ने विचार राखे । 

कार्यक्रममा बोल्दै वाणगंगा क्याम्पसका स्ववियु सभापति, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, काँग्रेस नेता ढोलक राम घिमिरेलगायतले कपिलवस्तुका जनप्रतिनिधिको आलोचना गर्दै जिल्ला प्रति उत्तरदायी नभएको आरोप लगाएका थिए । 

दाङ र बुटवलको लड़ाईको अन्त्य नै कपिलवस्तुलाई राजधानी बनाउनु हो भन्दै आयोजकका तर्फबाट विशाल अधिकारीले धन्यवाद दिएका थिए ।

                           


 data-href="https://kharibot.com/news-details/65451/2020-10-05" 

                                    data-layout="standard" 

                                    data-action="like" 

                                    data-show-faces="true">

                                 






Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments