Incident Reports

जेष्ठ नागरिकद्वारा बालिका बलात्कार प्रयास l

2014-05-18

Bagmati, Kabhrepalanchok, Dhulikhel

Bhojraj Timalsina काभ्रे । ०७१ जेठ ४ गते देविटार गाविस-९ का ७० वर्षीय एक जेष्ठ नागरिक जितारसिं तामाङले २ वर्ष ८ महिनाकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा जल्ला प्रहरी कार्यालय धुलिखेलमा जेठ ४ गते उजुरी परेको छ । तामाङको घरनजिकै धारामा पानी खेल्न गएका बेला फकाएर तामाङले जेठ १ गते बलात्कार प्रयास गरेको उजुरीमा उल्लेख गरिएको छ । बलात्कारको प्रयासको घटनाका थाहा पाएपछि आरोपितपक्षले पीडित परिवारलाई 'सकेको गर्न' भनेका थिए । पीडित बालिकाकी आमाका अनुसार तामाङले यसअघि पनि पटक-पटक बलात्कार प्रयास गरेका थिए । पीडितकी आमा बालिकालाई लिएर जेठ ४ गते उजुरी गर्न जिल्ला प्रहरी कार्यालय धुलिखेल आएकी थिइन् । पीडित बालिकाको आजै धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित तामाङलाई गिरफ्तारका लागि घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनायो । भोजराज तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis