Incident Reports

प्रदेश ५ को राजधानी विवाद : भित्र सर्वदलीय बैठक, बाहिर नाराबाजी

2020-10-05

Lumbini, Rupandehi, Butwal

बुटवल, १९ असोज । अन्य कुनै कारणवश बैठक स्थगित भएमा र कार्यसुचीबाट हटेन भने सम्भवतः आजै प्रदेश ५ ले स्थायी राजधानी र नाम पाउनेछ तर त्यो सम्भावना न्यून देखिन्छ ।

प्रदेश सभा भवनभित्र यतिबेला प्रदेश ५ को स्थायी राजधानी र नामाकरण को प्रस्तावमा सहमति कायम गर्न सर्वदलिय बैठक चलिरहेको छ । नेकपा संसदीय दलको बैठकमा नेकपा सांसदहरु उपस्थित नभएपछि सर्वदलीय बैठक बसेको हो । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा, जनता समाजवादी पार्टीका सचेतक, दलका नेता, प्रमुख सचेतकहरु बैठकमा सहभागी भएका छन् ।  यता बाहिर चर्को नाराबाजी चलिरहेको छ ।

प्रदेश सभा भवन छिर्ने मुख्य बाटो सिन्दुर होटलको अगाडिको प्रवेशद्वारमा सडकमा कालो ब्यानर राखेर प्रदर्शनकारीहरू बसेका छन् । नेपाली काङ्ग्रेस, व्यावसायिक प्रतिष्ठानहरुको संजाल, बुटवल नगरपालिकाका बासिन्दाहरुसहित स्वतस्फूर्त रुपमा आन्दोलनमा सरिक भएर बसेका छ्न् । आन्दोलनमा गुल्मी, पाल्पा, भैरहवा लगायतका ठाउँबाट पनि जनसागर आउने बताईएको छ ।

आन्दोलनमा रुपन्देहीस्थित स्थानीय तहहरु तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, देवदह नगरपालिका सहित सबै स्थानीय तहहरुले आन्दोलनलाई समर्थन गरेका छन भने विभिन्न व्यबसायिक तथा अन्य सामाजिक संस्थाहरुले पनि आन्दोलनप्रती एक्यवद्धता जनाएका छन । यता आन्दोलनकै बिचमा प्रदेश ५ का सांसद भोजप्रसाद श्रेष्ठले प्रदेश सभा संचालन नियमावली संशाेधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।


प्रदेश सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् । उनी बुटवलकै सांसद हुन् । नेकपाले भालुवाङका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ, मध्यान्ह १२ बजेपछि प्रदेश सभा बैठकको आह्वान गरेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Nepali Congress and affiliated org , NCP (Nepal Communist Party) and Affiliates , Rastriya Janamorcha
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media

0 Comments