Incident Reports

घरमा काम गर्ने बालिकालाई बलात्कार गर्ने युवक पुर्पक्षका लागि थुनामा l

2014-05-17

Lumbini, Kapilbastu, Banganga

Nandaram Poudel कपिलवस्तु । ०७१ जेठ ३ गते मोतिपुर गाविस-३ का २८ वर्षीय विकास रेग्मीले घरमा काम गर्न राखिएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत कपिलवस्तका जिल्ला न्यायधीश अचुतराज भण्डारीको एकल इजलासले ०७१ जेठ २ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । रेग्मीकै घरमा बस्दै आएकी बालिकाले आफूलाई पटक/पटक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय पिपरामा किटानी जाहेरी दिएपछि आरोपित रेग्मीलाई बवशाख १५ गते प्रहरीले गिरफ्तार गरेको थियो । प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेकोमा थप अनुसन्धानका गर्न पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । पहिलो पटक रेग्मीले आफूलाई ०७० सालको असार महिनामा बलात्कार गरेको र पछिल्लो पटक यही ०७० चैत ३० गते बलात्कार प्रयास गर्दा हार गुहार गरी बच्न सफल भएकोले आरोपितलाई कारबाहीको माग सहित पीडितले वैशाख १५ गते किटानी जाहेरी दर्ता गरेकी हुन् । बलात्कार प्रयासको घटनालाई स्थानीयले वैशाख ११ गते मिलापत्र गराई छाडिएकोमा अधिकारकर्मीहरुको दबाबमा जबरजस्ती करणी उद्योगमा पुन मुद्दा दर्ता गरिएको हो । नन्दराम पौडेल

0 Comments

Related Reports
Related Trend Analysis