Incident Reports

७ वर्षीया छोरीलाई २ महिनासम्म छिमेकीले याैन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी

2020-08-18

Lumbini, Banke, Nepalgunj, Ward 19

नेपालगन्ज–१९ सुर्जीगाउँकी विद्या वारीले आफ्नी ७ वर्षीया छोरीलाई २ महिनासम्म छिमेकी रामकुमार कल्वारले दुर्व्यवहार गरेको थाहा पाइन् । सुरुमा छोरी अनि परिवारको इज्जत जाने डरले कसैलाई भन्ने आँट गरिनन् । तर, त्यो क्रम रोकिएन ।

भदौ २ मा फेरि रामकुमार कल्वारका छोरा नन्द कल्वारले छोरीलाई दुर्व्यवहार गर्न खोज्दा छोरी कराएपछि गाउँलेले उनलाई बचाए । रामकुमारलाई कारबाहीको माग गर्दै वारी भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगिन् । जाहेरी प्रहरीले जाहेरी दर्ता नगरेको उनको पनि गुनासो छ । ‘प्रहरीले उल्टै झूटा आरोप लगाउने भन्दै थानामा राखिदिन्छु भन्दै हप्काउँछन्,’ उनले भनिन्, ‘कलवारका बाबुछोरा घरमै आएर हामीलाई धम्क्याउँछन् । हामी गरिबलाई पनि न्याय चाहियो ।’

यसरी प्रहरीबाट न्याय नपाएका मधेसी र मुस्लिम महिला मिलेर बुधबार हातमा ब्यानर बोकेर धर्ना दिन प्रशासन पुगेका हुन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments