Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-10-02

Province 1, Okhaldhunga, Manebhanjyang, Ward 3

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ गाउँपालिका – ३ का वडाध्यक्ष मेडल राईलाई असोज १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असोज १६ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

घटनापछि आरोपितले मिलापत्रका लागि दबाब दिएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरी चौकी माने भञ्याङ्गको टोलीले अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपेश खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितले पीडित महिलालाई धम्की दिएको कारण पीडितलाई सुरक्षित आवाश गृहमा राखिएको डिएसपी खड्काले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परिक्षण जिल्ला अस्पतालमा असोज १९ गते गरिएको छ ।

शिवप्रसाद ढुङ्गाना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments