Incident Reports

यातना दिएको भन्दै प्रहरी विरुद्ध अदालतमा मुद्दा दर्ता l

2014-05-19

Madhes, Dhanusha, Mithila Bihari, Ward 3

Binod Kumar Rabidas धनुषा । ०७१ जेठ ५ गते प्रहरीले यातना दिएको भन्दै प्रहरी विरुद्ध जिल्ला अदालतमा मुद्दा परेको छ । मिथिलेश्वर गिाविस-६ ललियाका ६५ वर्षीय उचित मण्डल केवटलाई प्रहरी चौकी ललियाको असई बैजुलाल यादवले प्रहरी चौकीमा बोलाएर यातना दिएकोले यातनाको क्षतिपुर्ति तथा कारबाहीको माग गर्दे जिल्ला अदालत धनुषामा जेठ ५ गते मुद्दा दर्ता गराएको पीडितले बताए । असई यादवले उचित मण्डलको हिप र हातमा लाठी प्रहार गरी कुटपिट गरेकोले शरीर भरि निलडाम र हातको औँलाहरु सुन्निएको पीडितको भनाइ छ । घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भएको पीडितले जानकारी दिए । थर्ड एलाइन्सको सहयोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थर्ड एलान्इसका क्षेत्रीय संयोजक अविनाश कर्णले बताए । छोरीलाई बेचबिखन गरेकोमा वैशाख २१ गते जिल्ला प्रहरी कार्यालयमा मिथिलेश्वर गाविस-६ ललियाका राधेश्याम मण्डलमाथि किटानी जाहरी दिएपछि प्रहरीले उनलाई सोही दिन गिरफ्तार गरेको थियो । तर उनलाई एक राती राखि वैशाख २२ गते रिहा गरियो र राधेश्याम रिहा भई आएपछि ललिया प्रहरी चौकीका असई बैजुलाल यादवले वैशाख २२ गते बेलुका ६ बजेको समयमा घरबाट गिरफ्तार गरी प्रहरीमा लगि कुटपिट गर्दै रात भरि शारीरिक यातना दिएको पीडित उचित मण्डलले बताए । मानवअधिकारकर्मीको टोली घटना स्थल पुगी प्रहरीसँग सोधपुछ गर्दा असई साहेवले कुटपिट गरेको बताएका छन् । विनोदकुमार रविदास

0 Comments

Related Reports
Related Trend Analysis