Incident Reports

अज्ञात समूहद्वारा शिक्षकलाई कुटपिट l

2014-05-18

Gandaki, Gorkha, Siranchok

Narahari Sapkota गोरखा । ०७१ जेठ ५ गते जौवारी गाविस -५ लाङ्दीका निवासी परोपकार आदर्श उच्च माविका शिक्षक ५० वर्षीय सुरेन्द्र थपलिया र उनकी पत्नी ४० वर्षीय कमला थपलियालाई नकावधारी अज्ञात समूहले जेठ ४ गते राति कुटपिट गरी घाइते बनाएका छन् । खाना खाएर घरैमा बसिरहेको अवस्थामा चार जना सङ्ख्यामा आएको नकावधारी समूहले शिक्षक दम्पतीलाई कुटपिट गरी नगद १ लाख २५ हजार रुपियाँ र १ तोला सुन लुटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश थापाले बताए । खुकुरी प्रहारबाट शिक्षक सुरेन्द्र गम्भीर घाइते र बेहोस भएपछि जेठ ४ गते राती नै उपचारका लागि भरतपुर मेडिकल कलेज रिफर गरिएको र पत्नीको अवस्था समान्य रहेको डिएसपी थापाले बताए । घटनामा संलग्नहरूको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिएको जनाईएको छ । नरहरि सापकोटा

0 Comments

Related Reports
Related Trend Analysis