Incident Reports

बेवारिसे सकेट बम फेला l

2014-05-17

Karnali, Jajarkot, Chhedagad

Raju Shakya जाजरकोट । ०७१ जेठ ५ गते सदरमुकाम खलङ्गादेखि पश्चिम क्षेत्रमा रहेको सुवानाउली गाविस-२ का जयबहादुर थापाको घरमा जेठ ३ गते दिँउसो २ बजे ३ सय २३ थान पाइप तथा सकेट बम फेला परेको छ । सशस्त्र द्वन्द्वको समयमा ०५७ माघ १६ गते स्थानीय जयबहादुर थापालाई गाउँको सामन्तको आरोप लगाउँदै तत्कालीन नेकपा-माओवादीले उनलाई घर निकाला गर्दै घर कब्जा गरेका थिए । कब्जा गरेको उनको घरलाई तत्कालीन विद्रोही माओवादीले सामाग्री भण्डारण गर्ने घरको रुपमा प्रयोग गर्दै आएका थिए । हाल जिर्ण अवस्थामा रहेको थापाको घर पुनर्निर्माण गर्ने क्रममा निर्माणाधिन अवस्थामा रहेका पाईप तथा सकेट बम फेला परेपछि उनले इलाका प्रहरी कार्यालय दशेरामा सोहीदिन जानकारी गराएका थिए । फेला पेरका पाइप तथा बमहरू प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । सशस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा राखिएका बमहरू सम्बन्धित पक्षले शान्ति स्थापनापछि व्यवस्थित नगर्दा जिल्लाका ग्रामीण भेगका सर्वसाधारण गाउँलेहरू विष्फोटजन्य पदार्थबाट जोखिममा रहेका छन् । विगत तीन महिना यता जिल्लामा सशस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा छोडिएका बेवारिसे बम विष्फोटनबाट एक जना सर्वसाधारणको मृत्यु भयो भने एक बालकसहित छ जना गम्भीर घाइते भएका छन् । राजु शाक्य

0 Comments

Related Reports
Related Trend Analysis