Pratap Bista
मकवानपुर । ०७१ जेठ ५ गते
बहुविवाह गरेको ठहर गर्दै एक युवकलाई जिल्ला अदालत मकवानपुरले १८ महिना कैद र १५ हजार रूपियाँ जरिवानासमेत गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको जेठ ४ गते बसेको इजलासले बहुविवाह गरेको ठहर गर्दै बज्रवराही गाविस-३ का ४० वर्षीय मुक्तिनाथ उप्रेतीलाई कैद र जरिवाना गर्ने फैसला गरेको श्रेस्तेदार लक्ष्मण पगेनीले बताए । उप्रेतीले घरमा पत्नी र छोराछोरी हुँदाहुँदै २३ वर्षीया ज्योति घलानसँग बहुविवाह गरेका थिए ।
जेठी पत्नी सावित्री उप्रेतीको जाहेरीको आधारमा प्रहरीले पति उप्रेती र घलानलाई ०७० फागुन ११ गते गिरफ्तार गरेको थियो । गिरफ्तार परेका उप्रेतीलाई चैत १३ गते अदालतले पुर्पक्षका लागि थुनामा राखेको थियो भने अर्का आरोपित ज्योति घलानलाई ३० हजार रूपियाँ धरौटीमा तारेखमा छाडेको थियो । घलानलाई भने अदालतले सफाई दिएको छ ।
प्रताप विष्ट