Incident Reports

अपहरण घटनाकी आरोपित गिरफ्तार

2020-10-06

Gandaki, Tanahun, Byas, Ward 4


व्यास नपा–४ वागभन्ज्याङका ६ वर्षीय बालक दिप्सन श्रेष्ठको अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँकी २० वर्षीया सविता परियारलाई असोज २१ गते दिउँसो पृथ्वीराजमार्गको दमौलीबाट गिरफ्तार गरेको छ ।

पीडित असोज २० गते दिउँसो ३ बजेबाट बेपत्ता भएपछि पीडित परिवारले सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि सबै नाकाहरूमा कडाई गरी खोजी गरिएको र अनुसन्धानको क्रममा छिमेकी समेत रहेकी आरोपितले बालकलाई लिएर गएको पुष्टि भएपछि उनको खोजी गरी गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँका अनुसार आरोपितले बालकको अभिभावकलाई कुनै जानकारी नगराइ बालकलाई कास्की जिल्लाको पोखरा उपमहानगरपालिका बाघमारास्थित माइतीमा लिएर गएको र उनी असोज २० गते माइतीमा बसी २१ गते दिउँसो बालक सहित दमौली फर्कदै गर्दा यात्रारत बस भित्रैबाट गिरफ्तार गरिएको बताउनुभयो ।

प्रकाशचन्द्र भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
INSEC

0 Comments