Incident Reports

६ वर्षीया बालिका बलात्कृत

2020-10-05

Bagmati, Makawanpur, Hetauda

मकवानपुरस्थित हेटौँडा उपमहानगरपालिकाकी ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १९ असोजमा ६ वर्षीया बालिकामाथि बलात्कार भएको हो । पीडित बालिकाको परिवारले १९ असोजमै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । खेलिरहेको अवस्थाबाट बालिकालाई फकाएर जबर्जस्ती करणी गरेको भन्दै परिवारले जाहेरी दिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए । जाहेरी दिएको आधारमा बालकलाई तत्काल पक्राउ गरिएको रानाको भनाइ छ । आरोपित बालकलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको रानाले बताए ।  

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments