Incident Reports

ज्वाइँद्वारा सासूको हत्या

2014-05-19

Madhes, Parsa, Birgunj

Laxmi Shah Sonar बारा । ०७१ जेठ ५ गते जीतपुर भवानीपुर गाविस-२ बकुलियाकी ६० वर्षीया भगीया देवीलाई उनकै ज्वाइँले जेठ ४ गते घरमै बसिरहेको बेला हत्या गरेका छन् । ससुरालीमा बस्दै आएका इनर्वासिरा गाविस-२ का ३५ वर्षीय बासुदेव चौधरीले सासूलाई टाउको पछाडि बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट अचेत भएकी भगीयादेवीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा सोही दिन मृत्यु भएको प्रहरीले जनाएको छ । सासूको नाममा रहेको जग्गा आफ्नो नाममा सार्न भनेपछि सासूले नमान्दा उनले रिसको झोकमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर रामनाथ घिमिरेले बताए । भगीया देवीको पाँच जना छोरी मात्र छन् । ज्वाइँ बासुदेवले सासूलाई पटक-पटक जग्गा आफ्नो नाममा सार्न दबाब दिँदै आएका थिए । हत्यापछि बासुदेव फरार रहेको र उनको खोजि कार्य भइरहेको इन्स्पेक्टर घिमिरेले बताए । भगीयादेवीको नाममा एक कठ्ठा घडेरी मात्र थियो । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis