Incident Reports

जनप्रतिनिधिलाई धम्की : ‘गुण्डा नाइके’ राधे भण्डारी पक्राउ

2020-10-08

Bagmati, Dhading, Siddhalek

काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको अरोप लाग्दै आएका राधे भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धाक–धम्की दिएको अभियोगमा उनलाई पक्राउ गरिएको धादिङक प्रहरी उपरिक्षक (एसपी) महेन्द्र खड्काले रातोपाटीलाई बताए । सिद्धलेक गाउँपालिकामा राधेले क्रसर सञ्चालन गरेका छन् । बालुवा निकाल्ने ठेक्काको म्याद समाप्त भएपछि पनि उनले अवैध तरिकाले बालुवा निकालेपछि स्थानीय निकायले ‘त्यसो नगर्न’ भने । तर, राधेले उल्टो जनप्रतिनिधिलाई धम्की दिए । प्रहरीले उनको क्रसर पनि बन्द गराएको छ । अर्काको नाममा ठेक्का पारेर उनले सिद्धलेकमा बालुवा र गिट्टी निकाल्दै आएका थिए । नेपाली काँग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्ष समेत रहेका भण्डारीले धादिङमा हुने ठेक्का पट्टा र अवैध बालुवा खानीको कमिशनमा एकछत्र राज गर्दै आएको स्थानीय बताउँछन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Access/control of other natural resources (forest, minerals)
Secondary Cause Other types of criminal activity
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Entity Nepali Congress
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments