Incident Reports

एक युवक अपहरित l

2014-05-19

Madhes, Bara, Mahagadhimai

Laxmi Shah Sonar बारा । ०७१ जेठ ५ गते प्रशुरामपुर गाविस-१ जोलगावा टोलका २६ वर्षीय मदनप्रसाद यादवलाई जेठ ३ गते राती घर बाहिर दैलोमा सुतिरहेको अवस्थामा चारदेखि पाँच जनाको सङ्ख्यामा आएका व्यक्तिहरूको एक समूहले अपहरण गरेको प्रहरीले जनाएको छ । उनको खोजतलासका लागि सिमा क्षेत्रलगायत शङ्कास्पद ठाउँमा खोजि तीब्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रामनाथ घिमिरेले बताए । रिसइबीको कारण उनको अपहरण भएको हुन सक्ने प्रहरी प्रवक्ता घिमिरेको भनाई छ । अपहरित यादवको घरबाट करिब ३ सय मिटर टाढा मकैंबारीमा यादवले लगाएको चप्पल भेटिएको छ । प्रहरी स्रोतले अपहरित यादव केही वर्षअघि तराई भुमिगत संगठनमा आवद्ध भई सक्रिय रहेको जनायो । लक्ष्मी साह सोनार

0 Comments

Related Reports
Related Trend Analysis