Incident Reports

कार्यालयमा कोही नभएको भन्दै डोटीको पूर्वीचौकी गाउँपालिकामा ताला लगाइयो

2020-10-11

Sudurpashchim, Doti, Purbichauki

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाको कार्यालयमा कोही पनि कर्मचारी तथा जनप्रतिनिधि नभएको भन्दै नेपाल विद्यार्थी सङ्घ पूर्वीचाैकी गाउँ इकाइ समितिले तालाबन्दी गरेको हो । 

नागरिकका कामलाई लथालिङ्ग राख्दै गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, स्वास्थ्यकर्मीहरु गाउँपालिकाका गाडी लिएर पिकनिक खान छिमेकी जिल्ला अछामको कैलाशखोला गएको पाइएकाले आफूहरुले कार्यालयमा तालाबन्दी गरेको सङ्घका सभापति रेशमविक्रम खड्काले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नागरिकको सेवा गर्नका लागि खटिएका जनप्रतिनिधि तथा कर्मचारी सरकारी गाडी लिएर पिकनिक खान गएकाले हामीले तालाबन्दी गरेका हौँ, नागरिकको काममा बाधा गर्न र सरकारी सम्पत्ति दोहन गर्न पाइँदैन ।’

सरकारी सम्पत्तिको दुरुपयोग गरी गाउँपालिकामा विगतमा भएको भ्रष्टाचारको समेत कुनै सुनुवाइ तथा कारबाही नगरि उल्टै भ्रष्टाचार गरेको पैसा जम्मा गर्न लगाएर भ्रष्टाचारीलाई प्रशय दिएको भन्दै सङ्घका पदाधिकारी आक्रोशित बनेका छन् । 

गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले गाउँपालिकामा गरिएको तालाबन्दीको खबरबारे आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज शुक्रबार कार्यालयको काम सकिएपछि कर्मचारी कहीँ कतै गएको हुन सक्छन्, कार्यालय समय सकिएपछि गएको विषयलाई ठूलो बनाउन जरुरी छैन, हामीले जनताको सेवा प्रभावित हुने काम गरेका छैनौँ ।’  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments