Incident Reports

बहुविवाहका आरोपितहरू पुर्पक्षका लागि थुनामा l

2014-05-18

Sudurpashchim, Doti, Dipayal Silgadi

Laba Dev Bhatta डोटी । ०७१ जेठ ५ गते बहुविवाह गरेको आरोपमा दिपायल सिलगढी नपा-४ का सुवास सेवा र सोही ठाउँकी शान्ति श्रेष्ठलाई जिल्ला अदालतले ०७१ जेठ ४ गते पुर्पक्षका थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको एकल इजलासले पुर्पक्षका लागि दुवै जनालाई कारागार पठाउने आादेश गरेको हो । सुवासले बहुविवाह गरेर दुःख दिने थालेकोले पत्नी मीना नेपालीले बहुविवाहमा मुद्दा दर्ता गरी कारबाही गरिदिन अनुरोध गर्दै वैशाख १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीको आधारमा उनका पति सुवास र शान्ति श्रेष्ठलाई सोही दिन गिरफ्तार गरी बहुविवाहमा मुद्दा दर्ता गरी अनुसन्धान गरेकेा प्रहरी उपरीक्षक भोजजङ्ग शाहले जानकारी दिए । हाल सिद्धेश्वर गाविस-८ साँफेबगर अछाममा शैलेश्वरी सिलाई सेन्टर सञ्चाल गर्दै आएका सुवासले शान्ति श्रेष्ठसँग ०७० फागुन महिनामा विवाह गरी भारत गएका थिए । लवदेव भट्ट

0 Comments

Related Reports
Related Trend Analysis