Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला नेता गिरफ्तार

2020-10-08

Karnali, Humla, Tanjakot, Ward 5

प्रतिबन्धित नेकपा हुम्लाका सेक्रेटरी ताँजाकोट गाउँपालिका–५ डुग्रीका ३४ वर्षीय कुम्भ बुढा निर्माणलाई प्रहरीले असोज २२ गते रात्ती घरबाटै गिरफ्तार गरेको छ ।

चन्दा संकलन गरेको र जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा सेक्रेटरी बुढालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकास सुवेदीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पार्टीका गतिविधिमा निस्क्रिय भएको समयमा प्रहरीले गिरफ्तार गरेको भन्दै बुढाका परिवारले उनको सुरक्षाको लागि मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरुलाई अनुरोध गरेका छन् ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments