Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-03-21

३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  ४६ वर्षीय जेठाजुलाई असोज २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०७६ चैत ८ गते बलात्कार गरेको र घटनाबारे कसैलाई भने मार्ने धम्की दिएको भन्दै  पति बैदेशिक रोजगारीबाट फर्केपछि  असोज १३ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी प्रतितसिंह राठोरले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज १३ गते लुम्बिनी प्रदेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments