Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-05

Sudurpashchim, Doti, K I Singh, Ward 4

१९ वर्षीया युवतीलाई असोज १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले केआईसिँह गाउँपालिकाका–४ का ३१ वर्षीय  शोपी भट्टलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले  असोज २२ गते  जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर इन्द्र मल्लले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

आरोपितकाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको भएपनि इन्सेकले न्यायमा सहज पुहँचका पहल गरी दिन पीडितका दाजुले इन्सेक प्रतिनिधिसँग फोनबाट अनुरोध गर्नु भएको छ ।

पीडितको स्वास्थ्य परीक्षण असोज २३ गते जिल्ला स्वास्थ्य कार्यालय, डोटीमा गरिएको छ  ।

बासुदेब जोशी


Update

---------------


बलात्कार आरोपित शिक्षक तारेखमा छुटे

छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ ।

केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरी गर्भवतीसमेत थिइन् । गाउँकै झिमेमालिका माविका शिक्षक सोफीनाथ भट्टले बलात्कार गर्दा गर्भ बसेको किशोरीले बताएकी छन् ।

कारागार पुर्‍याउनुपर्ने व्यक्तिलाई अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ । ‘अदालतप्रतिको विश्वास नै गुम्यो,’ किशोरीका काकाले भने, ‘एकातिर गर्दै नगरेको गल्तीले छोरीको भविष्य बर्बाद भयो, अर्कातिर दोषीलाई थुनामा राख्नुको साटो अदालतले मनोबल बढाएर गाउँमा पठाइदियो ।’

कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा परीक्षण गर्दा किशोरीको पेटमा १३ साता ४ दिनको भ्रूण रहेको पुष्टि भएको थियो । उनले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन् ।

जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको इजलासले बुधबार भट्टलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेको सरकारी वकिलको कार्यालय डोटीका न्यायाधिवक्ता पूर्णबहादुर केसीले बताए ।

शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ । त्यसपछि उनले सबै घटना बताएपछि परिवारले किटानी जाहेरी दिएको थियो ।

जिल्ला न्यायाधीश काफ्लेले ‘प्राप्त प्रमाणका आधारमा प्रतिवादी भट्ट कसुरदार रहेको विश्वास गर्ने ठाउँ भए पनि उनी शारीरिक अशक्त हुनुका साथै अभियोग र अधिकतम सजायलाई आधार मानेर थुनामा राख्नुपर्ने आवश्यकता नरहेको’ उल्लेख गरेका छन् ।

आरोपित भट्ट एउटा खुट्टा खुम्च्याएर हिँड्छन् । न्यायाधिवक्ता केसीले मुलुकी फौजदारी संहिता २०७४ अनुसार भट्टलाई तत्काल फेला परेका प्रमाणका आधारमा ७ देखि १० महिनासम्म कारागारमा राखी पुर्पक्ष गर्न सकिने व्यवस्था हुँदाहुँदै धरौटीमा पुर्पक्ष गर्ने आदेश चित्तबुझ्दो नभएको बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments