Incident Reports

गोलन्जोरका वडा अध्यक्षमाथि स्थानीय कुटेको आरोप

2020-10-10

Bagmati, Sindhuli, Golanjor, Ward 2

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–२ का वडा अध्यक्ष दौलत कार्कीमाथि स्थानीय कुटेको आरोप लागेको छ । शनिवार गाउँमा आयोजित एउटा भोजमा सहभागी हुँदा कुटपिट भएको भन्दै स्थानिय ध्रुवबहादुर कार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी गरेका छन् ।

ध्रुव कार्कीको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ । पीडित वडाअध्यक्ष दौलतको दाई नाता पर्छन् ।

कुटपिट भएको बारेमा स्थानीयसँग सोधपुछ गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रञ्जु सिग्देलले रातोपाटीलाई बताइन् । पीडितको मेडीकल रिपोर्ट पनि हेर्छौँ, थप अनुसन्धानपछि मात्रै कुटपिट भए नभएको भन्न सकिन्छ ।’

शनिवार साँझ गाउँमा न्वारानमा सहभागी हुँदा आक्रमण भएको पीडित पक्षले दावी गरेका छन् । ‘तँ मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिनँ । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन्,’ पीडित भन्छन् ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Other
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports