Incident Reports

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

2020-10-09

Karnali, Kalikot, Kalika, Ward 1

शुभकालिका गाउँपालिका–१ की ३५ वर्षीया रुपा वुढा मगरले आफूलाई ४३ वर्षीय पति विरबहादुर बुढा मगरले कुटपिट गर्दा खुट्टा भाँचिएको भन्दै असोज २३ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिनुभएको छ ।

आरोपितले असोज २३ गते बिहान अत्याधिक मदिरा सेवन गरी प्रेसर कुकरले प्रहार गर्दा दायाँ खुट्टा भाचिनुका साथै छातिमा गम्भीर चोट लागेको उजुरीमा उल्लेख भएको कालिकोट प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले इन्सेक प्रतिनिधिलाई फोन मार्फत बताउनुभयो ।

आरोपितलाई प्रहरीले असोज २४ गते सदरमुकामबाट गिरफ्तार गरी पीडितको उपचारका लागि पठाएको डिएसपी शाहको भनाई छ ।

पतिको कुटपिटबाट घाइते भएकी पीडित महिलाको स्वास्थ्य उपचार जिल्ला अस्पताल कालिकोटमा हुन नसकेपछि असोज २४ गते नेपालगञ्ज पठाइएको अस्पताल प्रमुख डाक्टर भिष्म पोखरेलले बताउनु भयो ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments