Incident Reports

चन्दा असुल गरेको आरोपमा प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-10-09

Lumbini, Arghakhanchi, Chhatradev, Ward 6

निर्माण व्यवसायीहरूसँग चन्दा असुलेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता  मालिका गाउँपालिका– २ दर्लिङका २० वर्षीय विष्णु विकलाई असोज २३ गते गिरफ्तार गरेको छ ।

आरोपितलाई  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले छत्रदेव गाउँपालिका– ६ गहिरापानीबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा बुझाएको डिएसपी केदारराज पन्तले बताउनु भयो ।

उक्त पार्टीको नाममा  विभिन्न निर्माण व्यवसायीहरूबाट चन्दा असुलेको सूचना पाएर  विशेष सुराकीको आधारमा विकलाई गिरफ्तार गरिएको डिएसपी पन्तले बताउनु भयो । डिएसपी पन्तका अनुसार आरोपितको स्वास्थ्य परीक्षण गरिएको छैन ।

टोपलाल अर्याल

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments