Incident Reports

मानव बेचबिखनका आरोपित पुर्पक्षमा l

2014-05-17

San Bahadur Thapa एक १३ वर्षीया बालिकालाई बेचविखन गरेको आरोपमा दाङ जिल्ला बाराकोटी गाविस-७ की १८ वर्षीया सञ्जिता सुनार, सोही ठाउँकी १८ वर्षीया सुष्मा चौधरी र पोखरा उमनपा-९ की १८ वर्षीया किस्मिता नेपालीलाई जिल्ला अदालतको जेठ ५ गतेको आदेशमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालतका न्यायाधीश रामप्रसाद ओलीको एकल इजलासले आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बालिकालाई जागिर लगाईदिने र विदेशमा पढाई दिने प्रलोभनमा पारी पोखराबाट पाल्पा हुँदै वैशाख ३ गते सुनौली पुर्‍याई होटलमा राखेकोमा वैशाख ४ गते सुनौलीबाट सीमा पार गर्नेक्रममा प्रहरीले उद्धार गरेको थियो । घटनामा संलग्नलाई प्रहरीले वैशाख ७ गते गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरेको थियो । सनबहादुर थापा

0 Comments