Incident Reports

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

2020-10-10

Gandaki, Gorkha, Siranchok, Ward 3


नेत्रविक्रम चन्द (विप्लव) नेतृप्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला सदस्य ३८ वर्षीय चिनकाजी विकलाई जिल्ला प्रहरी कार्यालय गोरखाले असोज २४ गते गिरफ्तार गरेको छ ।

सिरानचोक गाउँपालिका–३ स्थाई घर भएका विकलाई जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटाइएको प्रहरी टोलीले घरबाटै गिरफ्तार गरेको एसपी सुरेन्द्र वहादुर गुरुङले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले विकलाई असोज २५ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक शान्ति विरुदको कसुरमा मुद्वा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि वढाएको बताउनुभयो ।

विकको स्वास्थ्य परीक्षण असोज २५ गते गोरखा अस्पतालमा गरिएको छ ।

हरिराम उप्रेती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments