Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-10-15

Madhes, Dhanusha, Janakpur, Ward 19

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनकपुरधामका एक होटल संचालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेंगा शिवपुर बस्ने जेएफसी होटलका सञ्चालक ३८ वर्षीय प्रमोद यादव छन्।

होटेलमा साथीहरुसँग बेलुका खाजा खान गएकी कक्षा ९ मा अध्यनरत ती बालिकालई सञ्चालक यादवले दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए।

बालिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा जेएफसीका सञ्चालक यादव सहित ३ जना विरुद्ध उजुरी दिएकी थिइन्। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments