Incident Reports

कुखुरा चोर्न खोजेको आरोपमा युवकको हत्या, बावु– छोरा पक्राउ

2020-10-15

Lumbini, Dang, Lamahi

दाङ – देउखुरीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८ वर्षीय नरेश चौधरीको कुटपिटबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

बिहीबार बेलुका छिमेकी २५ वर्षीय ओमप्रकाश घर्ती र उनका ६० वर्षीय बुवा खलबहादुर घर्तीको कुटपिटबाट चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।

कुखुरा कराएपछि घर्ती परिवारले नरेशलाई कुखुरा चोर्न गएको आरोप लगाएको थियो । त्यो आरोप पछि चौधरी घर्तीको घरमा आए । त्यसपछि घर्तीको कुखुरा फर्ममै उनीहरु बीच बादविवाद भयो । त्यही क्रममा बाबु छोरा मिलेर हात र लठ्ठीले चौधरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

घाइते चौधरीलाई उनकी आमाले राति नै घर लगे पनि उपचार गर्न नलगेको हुँदा अत्यधिक रक्तश्रावका कारण उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

‘हामीलाई बिहान मात्र घटना बारे जानकारी आयो । त्यहाँ पुग्दा उहाँको मृत्यु भैसकेको थियो’भट्टले भने,‘छिटो अस्पताल लग्न सकेको भए बचाउन सकिन्थ्यो ।’

चौधरीको शव भने पोष्ट मार्टमका लागि लमही अस्पतालमा लगिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports