Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2020-08-17

Madhes, Saptari, Dakneshwori, Ward 3

१५ वर्षीया बालिकालाई भारत पुर्‍याई बेचबिखन गरेको आरोपमा डाक्नेश्वरी नपा–३ का ४२ वर्षीया भदियादेवी मलाहलाई प्रहरीले असोज २९ गते गिरफ्तार गरेको छ ।

पीडितकी आमाले मलाहसहित उनका ४५ वर्षीय पति उतिमलाल मलाह र१९ वर्षीय छोरा सन्तोष मुखियाले अपहरण गरी बेचबिखन गर्न भारत पुर्‍याएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा असोज २४ गते दिएको उजुरी असोज २५ गते दर्ता भएको छ ।

पीडितलाई ललाइफकाई करकापमा पारी आरोपितहरूले मिलेर ०७६ भदौ १ गते भारत लगेर बेचबिखन गरेको पीडितकी आमाले बताइन् ।

आरोपितहरूले भारत बिहारको मधुबनी जिल्ला प्रखण्ड लौकहीको झौरही चोकमा राखी दरभङ्गा हुँदै ०७६ भदौ ४ गते दिल्लीको रेलवे स्टेशन पुर्‍याएको पीडितले जानकारी दिइन् ।

त्यहाँबाट सन्तोष र सन्तोषको मौसी (सानिमा) को छोरासँगै बसमा चढी थाहा नभएको ठाउँमा पुगेपछि उनीहरूले नचिनेका दुई जनासँग रकम लेनदेन गरेर सम्पर्कविहीन भएको पीडितले बताइन् ।

सन्तोषले छाडेर गएपछि अपरिचित व्यक्तिहरूले बिहारको वेगुसरायको लखनपट्टी गाउँमा राखेको अवस्थामा एक सातापछि झ्याल खुल्ला भएको मौका छोपी भागेको र स्थानीय व्यक्तिको सहयोगमा बाल संरक्षण इकाई समस्तीपुरमा एक वर्षसम्म आश्रय लिएर बसेको पीडितले बताइन् ।

बाल संरक्षण इकाई समस्तीपुरले जिएनएफ संस्थासँग सम्पर्क गरी ०७७ भदौ ३० गते नेपाल ल्याएर बालिकालाई अभिभावकको जिम्मा लगाएको इन्स्पेक्टर कुशराम कार्कीले जानकारी दिए ।

बालिका नेपाल आएपछि मात्र बेचबिखनको घटना बाहिर आएको हो । प्रहरीले आरोपितमध्ये भदियादेवीलाई गिरफ्तार गरेको र अन्य आरोपितको खोजी गरिरहेको जनाएको छ ।

मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Other types of GBV
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
INSEC

0 Comments