DM Chamling Rai
खोटाङ । ०७१ जेठ ७ गते
एक १४ वर्षीय सुस्त मनस्थिति भएकी बालिका बलात्कार गरेको आरोपमा बोपुङ गाविस-२ का ६० वर्षीय पदमबहादुर सार्कीलाई जेठ ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०७० माघ महिनादेखिनै विभिन्न प्रलोभन देखाई बलात्कार गर्दै आएको र पछिल्लो समय ०७१ वैशाख ३० गते बलात्कार गरेको भनि पीडित पक्षले जेठ ५ गते इलाका प्रहरी कार्यालय चिसापानीमा दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर रमेशकुमार देवले जानकारी दिए ।
पीडितको उजुरीको आधारमा आरोपितलाई घरैबाट गिरफ्तार गरिएको इन्सपेक्टर देवले बताए । आरोपित सार्कीलाई सदरमुकाम दिक्तेल ल्याई अनुसन्धान सुरु गरिएको र पीडित बालिकाको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा जेठ ७ गते स्वास्थ्य परीक्षण गरिएको छ । बालिकाले आफूलाई आरोपितले पटक-पटक बलात्कार गरेको अभिभावकलाई बताएपछि घटनाको विषयमा खुलासा भएको थियो । आरोपित विरुद्ध जबरजस्ती करणी मुद्दा चलाइने इन्सपेक्टर देवले बताए ।
डिएम चाम्लिङ राई