Incident Reports

सल्यानमा २० वर्षीय भाइले गरे आफ्नै दाजुको हत्या

2020-10-15

Karnali, Salyan, Bangad Kupinde, Ward 10

सरुनानु चलाउने, सल्यान ।

सल्यानमा दाउरा प्रहार गरी भाइले दाइको हत्या गरेका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १० थापाचौर जुगेन्द्रमा २० बर्षिय भाइ गेदलाल पुनले बिहिबार आफ्नै २४ बर्षिया दाइ अमर पुनको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जानकारी दिएको छ । घर झगडा हुदाँ दाउराले हिर्काएर भाइले दाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

घटना बेलुका ८ बजेको भएपनि प्रहरीलाई आज १२ बजे मात्र जानकारी आएको प्रहरी प्रमुख गोबिन्द थापा क्षेत्रीले जानकारी दिनुभयो । साँझ भाइले दाइको हत्या गरेर शव गाउँ नजिकैँको जोगेन्द्र भन्ने जंगलको ओढारमा फालेको अबस्थामा शुक्रबार मात्र भेटिएको बताउनु भयो ।

घटना भएको स्थान गाउँ देखि टाढा भएकाले ढिलो गरी जानकारी प्राप्त उहाँले बताउनु भयो । घटनाका बारेमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरी प्रमुख थापा क्षेत्रिले बताउनु भयो । दाईको हत्या गरी भाई फरार रहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports