Incident Reports

इलामको माई नगरपालिकामा शिक्षकको हत्या गर्ने अभियुक्त प्रहरीको नियन्त्रणमा

2020-10-15

Province 1, Ilam, Mai, Ward 1

इलाम, २ कात्तिक । इलामको माई नगरपालिकामा शिक्षकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । माई नगरपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय पदम बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनलाई असोज २९ गते मृत भेटिएका माई नगरपालिका एक विहीबारे बस्ने शिक्षक पुष्पलाल राईको हत्याको अभियोगमा नियन्त्रणमा लिइएको हो । संघीय प्रहरी इकाई कार्यालय धरान सुनसरीबाट घट्नास्थलमा ‘लैला’ नामको अनुसन्धान गर्न कुकुर झिकाई ट्र्याकिङ गरी राईलाई नियन्त्रणमा लिइएको हो ।

उनले गत असोज २९ गते धारिलो हतियार प्रयोग गरी शिक्षक पुष्पलाल राईको हत्या गरेका थिए । मृतक राईको शवको चेकचाँच तथा मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी पठाइएको थियो ।

राईलाई नियन्त्रणमा लिएर उक्त घटनामा प्रयोग भएका खुकुरी तथा अन्य सबुत संकलन गरी जिल्ला अदालत इलामबाट हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports