Incident Reports

छात्रा बलात्कारको आरोपमा शिक्षक गिरफ्तार l

2014-05-21

Kali Bahadur Malla कालीकोट । ०७१ जेठ ७ गते एक १९ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा सुकाटीया गाविस-१ निवासी महादेव उमावि राराकाटीयाका शिक्षक धनबहादुर शाहीलाई जेठ ७ गते गिरफ्तार गरेको छ । आरोपित शाहीले वैशाख ३० गते कोठामा थुनेर बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यलयमा जेठ ६ गते उजुरी दिएपछि प्रहरीले शाहीलाई गिरफ्तार गरेको हो । 'म परीक्षा सकेर कोठामा बसेको समयमा उ कोठामा पस्यो, बाहिबाट घरबेटी टक्कबहादुर शाहीले चुकुल लगाएपछि शाहीले हात पछाडि बाँधेर बलात्कार गर्‍यो ।' पीडितले भनिन् । कसैलाई जानकारी दिए मार्ने धम्की आरोपितले दिएको हुनाले सदरमुकाम आएर उजुरी दिएको बताइन् । आरोपित शाहीले प्रवेश पत्र बिग्रेको हुनाले दिउँसो कोठामा गएको भए पनि बलात्कार नगरेको बताए । जिल्ला प्रहरी कार्यालयका डीएसपी लक्ष्मण गुरुङ्गले पीडितको उजुरी आएपछि आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको बताए । गुरुङ्गले घरबेटी टक्कबहादुर शाहीलाई पनि सोधपुछका लागि ल्याइएको तर पीडितले यही हो भनेर भन्न नसकेपछि रिहा गरिएको बताए । पीडितको जेठ ६ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । कालीबहादुर मल्ल

0 Comments

Related Reports
Related Trend Analysis