Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-07-19

Gandaki, Tanahun, Bhanu, Ward 10

नौ, ११ र १२ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नगरपालिका–१० दुधेकुनाका ७२ वर्षीय बलराम सापकोटा र उनका १६ वर्षीय नातीलाई कात्तिक २ गते गिरफ्तार गरेको छ ।

पीडितहरूलाई आरोपितहरूले असार १५ गते र साउन ४ गते उनीहरूकै घरमा गएर पटकपटक बलात्कार गरेको  आरोपमा पीडित पक्षले आरोपितहरूविरुद्ध कत्तिक २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितहरूलाई आरोपितले डरधम्की देखाएको कारण घटना बाहिर आउन समय लागेको पीडित पक्षको उजुरीमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

उहाँले घटनाको उजुरी प्राप्त हुनासाथ पुर्कोट प्रहरी चौकीबाट गएको प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरेको र आरोपितहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानकोलागि हिरासतमा राखिएको जानकारी दिनुभयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण कात्तिक २ गते दमौली अस्पतालमा गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 3
Female Raped 3
Youth Raped 3
INSEC

0 Comments