Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-19

Gandaki, Nawalparasi East, Madhyabindu, Ward 8

सुस्त मनस्थिति भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मध्यविन्दु नगरपालिका–८ का ३० वर्षीय गर्भलाल महतोलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कात्तिक ३ गते साँझ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा मौखिक उजुरी दिएका थिए । 

सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का सब–इन्स्पेक्टर टिकाराम पोखरेलले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो । 

पीडितको स्वास्थ्य परीक्षण कात्तिक ३ गते भरतपुर जिल्ला अस्पताल चितवनमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments