Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-10-18

Gandaki, Nawalparasi East, Kawasoti, Ward 2

एक बाल सञ्जालमा आबद्ध बालबालिकालाई अश्लिल तस्वीर तथा भिडियो पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–२ का ३३ वर्षीय गणेश विकलाई असोज २ गते गिरफ्तार गरेको छ ।

नगरपालिकामा बालमैत्री कार्यक्रममा स्वयम्सेवकको रूपमा कार्यरत विकले विभिन्न समयमा फेसबुक म्यासेन्जरमा अश्लिल तस्वीर तथा भिडियो पठाएको भन्दै सञ्जालमा आबद्ध चार जना बालबालिकाले असोज ३० गते नगरपालिका कार्यलयमा उजुरी दिएका थिए ।

उजुरीपछि नगरपालिकाले सो पत्र आवश्यक कारवाहीको लागि असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलरासी (बर्दघाट सुस्ता पूर्व)मा कात्तिक २ गते सो पत्र दर्ता भएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय नवलरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर विशाल तामाङले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

उहाँले आरोपितविरूद्ध कात्तिक ३ गते जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक हित, स्वास्थ्य तथा नैतिकताविरूद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताउनुभयो ।

तिर्थराज डुम्रे

0 Comments