Incident Reports

अपहरित बालिकाको प्रहरीद्वारा उद्दार, अपहरण गर्ने कार्यमा संलग्न ३ जना पक्राउ

2020-10-19


  ललितपुर, २०७७ कात्तिक ४ गते    ललितपुरबाट सोमबार बेलुका अपहरित ८ वर्षीया बालिकाको करिब ३ घाण्टापछि प्रहरीले सकुशल उद्दार गरेको छ । साथै बालिका अपहरणमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका-२९ हरिसिद्दी बस्ने सर्लाही हरिवन नगरपालिका-८ बासटोल घर भएका ३० वर्षीय  राजु कार्की, काभ्रे नमोबुद्ध नगरपालिका-८ बुझाकोट घर भएकी २३ वर्षीया सिता परियार र धनुषा धारापानी गाउँपालिका-२ घर भएका ४० वर्षीय कृष्ण तोलामी रहेका छन् ।  ललितपुर महालक्ष्मी नगरपालिका-४ मनकामना चोकमा खेलिरहेको समयमा साईकल चढी आएका ब्यक्तिहरुले बालिकालाई साईकलमा राखी लगेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा  ललितपुर महानगरपालिका-२९ हरिसिद्दीस्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकालाई उद्वार गरी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै उक्त घटनामा प्रयोग भएको १ थान साइकल समेत प्रहरीले बरामद गरेको    छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Female Abducted 1
Youth Abducted 1
Police website , National/Online Media

0 Comments