Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-18

Lumbini, Rupandehi, Siddharthanagar, Ward 4

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–४ का २५ वर्षीय पङ्कज यादवलाई कात्तिक ६ गते आरोपितको घरबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २ गते बलात्कार गरेको र कसैलाई भने परिवारलाई मारिदिने धम्की दिएको पीडित बालिकाले बताइन् ।

पीडित बालिका डराएको र यौनाङ्ग दुख्यो भनेपछि सोध्ने क्रममा आमालाई भनेपछि कात्तिक ६ गते घटना बाहिर आएको हो ।

घटनाका विषयमा पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कात्तिक ६ गते उजुरी दिएका छन् ।

पीडित पक्षले दिएको उजुरीका आधारमा जबरजस्ती करणीसम्बन्धी कसुरमा कारवाही अगाडि बढाएकोे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले फोनमार्फत बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक ६ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments