Incident Reports

भक्तपुरमा भारतीय नागरिकको हत्या, २ जना पक्राउ

2020-10-25

Bagmati, Bhaktapur, Bhaktapur, Ward 1

९ कात्तिक, काठमाडौं । शनिबार राति भक्तपुरमा एक भारतीय नागरिकको हत्या भएको छ । भारतको उत्तर प्रदेश जयन्तीपुर रोड अलि मस्जित मुरादावाद घर भई हाल भक्तपुर नगरपालिका- १ ईटापाकोस्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने ३५ वर्षका शाहिव हुसैनको हत्या भएको हो ।

हत्यामा उनीसँगै काम गर्ने भारतीय नागरिक २३ वर्षका सलमान खान र १९ वर्षका सानु अन्सारी संलग्न रहेको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्‍ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक गिरीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएपछि कोठामा खानतलासी गर्दा दुबै जनाको कोठाबाट रगत लागेको लुगा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।

गर्लफ्रेन्डको विषयमा विवाद

कात्तिक ८ गते उनीहरु तीनैजना संगै बसेर मदिरा सेवन गरेका थिए । राति करिब ९ बजे कारखाना फर्किने क्रममा भक्तपुर नगरपालिका २ ईटापाकोस्थित नरकट घारीमा पुगेपछि सानु अन्सारीको गर्लफेन्डको विषयमा शाहिव हुसैनसँग विवाद भएको थियो ।

त्यस क्रममा शाहिव हुसैनलाई सानु अन्सारी र सलमान खान दुबै जनाले ढुङ्गाले अनुहार र टाउकोमा प्रहार गरी हत्या गरी नरकट घारी खोल्सामा फालेको देखिएको डीएसपी गिरीले  जानकारी दिए ।

आइतबार विहान ७:५० बजे भक्तपुर नगरपालिका- २ ईटापाकोको प्लानिङस्थित नरकटघारी खोल्सामा मानिस मृत अवस्थामा भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापाको कमाण्डमा १५ जनाको टोली घटनास्थल पुगेको थियो ।

शव हेर्दा टाउको र अनुहार चिन्न नसकिने गरी क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले महानगरीय अपराध महाशाखा टेकु, महानगरीय अपराध महाशाखाको टोली र तालिमप्राप्त २ वटा कुकुर पनि लगी अनुसन्धान गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports