Incident Reports

वडाध्यक्षसहितको टोलीद्वारा सुरक्षामा खटिएका प्रहरीमाथि सांघातिक आक्रमण 

2020-10-26

Karnali, Jumla, Kanakasundari

जुम्लाको कनकासुन्दरी गाउँपालिकास्थित कनकासुन्दरी मन्दिरमा सुरक्षार्थ खटिएको प्रहरी टोलीमाथि सांघातिक आक्रमण भएको छ । 

सोही गाउँपालिका- ५ का वडाध्यक्ष विर्खबहादुर खत्रीसहित उनका छोरा प्रेम खत्री र दानवबहादुर बोहरालगायत ११–१२ जनाको समूहले लड्कु गाउँमा आक्रमण गरेको हो । 

सांघातिक आक्रमणबाट घाइते भएका प्रहरी जवान कमलसिंह विष्टले भने, ‘कनकासुन्दरी मन्दिरमा कोरोना संक्रमणका वेला भिडभाड कम गर्न सुरक्षार्थ खटिएका थियौँ । सुरक्षार्थ ड्युटीमा खटिएर मन्दिरबाट फर्किने क्रममा आइतबार साँझ आक्रमण भयो ।’ 

उनले भने, ‘एक्कासि वडाध्यक्ष खत्रीसहितको ठूलो समूह आएर बर्दी लगाएका प्रहरीमाथि सीधै आक्रमण भयो । हामी प्रहरी दुई–चारजना प्रहरी मात्रै थियाैँ ।’ 

उनले भने, ‘ठूलो समूहमा आएपछि हाम्रो के लाग्थ्यो र ! ढुंगामुडा र लाठीले पिट्नसम्म पिटे । बेहोस नहुन्जेलसम्म पिटेछन् । अस्पताल ल्याएको पनि थाहा भएन ।’ 

अस्पताल ल्याएकाे दुई घन्टापछि मात्र होस आएको उनले बताए । घाइते प्रहरी विष्टका अनुसार अहिले उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । 

टाउकोमा पाँचवटा टाँका लगाइएको छ । छाती, नाक र दायाँ कुमको जोर्नीमा समेत गम्भीर चोट लागेको छ ।

घाइते  विष्टले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन् । यो घटनालाई कुनै पनि राजनीतिक तवरले मिलापत्र नगर्न पनि आग्रह गरेका छन् । 

प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार अहिले दुईजना प्रेम भन्ने अंकित खत्री र दानबहादुर बोहरा प्रहरीको नियन्त्रणमा छन् । अन्य व्यक्तिको खोजीकार्य जारी छ । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 4
National/Online Media

0 Comments

Related Reports