Incident Reports

घरायसी विवादमा छोराले गरे आमाको हत्या

2020-10-24

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 3

कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन् ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले शनिबार राती घरायसी विवाद हुँदा पप्पुले आमालाई कुटपिट गरी हत्या गरेको जानकारी दिए ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएकी पार्वतीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

मृतकको शव परीक्षणका लागि सेती अस्पतालमा राखिएको छ भने कुटपिट गरी हत्या गर्ने छोरालाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ ।

मृतकको टाउकोमा गम्भीर चोट लागेको पाइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments