Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-25

Province 1, Terhathum, Myanglung, Ward 8

२९ वर्षीया महिलालाई  बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका–८ का २१ वर्षीय अर्जुन श्रेष्ठलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक ११ गते गरिएको छ ।

भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments