Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-26

Sudurpashchim, Kailali, Ghodaghodi, Ward 2

३४ वर्षीया महिलालाई कात्तिक १० गते राति बलात्कार गरेको आरोपमा प्रहरीले घडाघोडी नगरपालिका—२ साडेपानीका ३२ वर्षीय नयाप्रसाद चौलागाइलाई  कात्तिक ११ गते गिरफ्तार गरेको छ ।

घरभित्र एक्लै सुतेको अवस्थामा  १० बजे राति चौलागाइले बलात्कार  गरेको भन्दै पीडित  महिलाले कात्तिक ११ गते इलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिएपछि आरोपितलाई साडेपानीबाट गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा पठाइएको डिएसपी सागर बोहराले इन्सेक प्रतिनिधिसँग फोन सम्पर्कमा बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले आरोपितविरुद्ध कात्तिक १२ गते मुद्दा दर्ता गरिने र जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments