Incident Reports

विप्लव समूहका मेची कोशी ब्युरो कमिसारसहित दुई जना पक्राउ

2020-10-28

काठमाडौं : नेकपा विप्लव समूहका पुर्वी कमाण्ड मेची कोशी ब्युरो चौथो कम्पनी कमिसार तथा सप्तरीका सेक्रेटरी काशिनाथ घिमिरे सहित दुई जना पक्राउ परेका छन्।

विभिन्न हिंसात्मक गतिविधि गरेको आरोपमा मोरङका एसपी सन्तोष खड्काको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका १ घुर्मिसेबाट १२ कात्तिक साँझ सप्तरी सुरुंगा नगरपालिका २ बस्ने ३२ वर्षीय प्रतिक भन्ने काशिनाथ घिमिरे र इलाम चुलाचुली गाउँपालिका ६ बस्ने पार्टी सदस्य १८ वर्षीय कमरेड सनम भन्ने विज्ञान राईलाई बन्दोबस्तीका सामानहरु सहित पक्राउ गरेको हो।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार उनीहरु स्थानीय बिजुलीप्रसाद तिम्सिनाको खाली घरमा बस्दै आएका थिए। उनीहरुले सेल्टर लिँदै आएको सूचना प्राप्त भएपछि प्रहरीले घेरा हालेर बस्दोबस्तीका विभिन्न सामानहरु सहित पक्राउ गरेको हो।

उनीको साथबाट १ थान भरुवा बन्दुक , विष्फोटक पर्दाथहरु जिलेटिन, सुतली बम, सकेट बम, टुकी बम, डेटोनेटर, विभिन्न इलेक्ट्रिक तार,फयुज, पेचकस, १२ थान झोला सहित डायरी र दस्ताबेजहरु बरामद भएको प्रहरीले जनाएको छ।     

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments