Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2020-10-16

Madhes, Saptari, Mahadeva, Ward 3

४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले महदेवा गाउँपालिका–३ बलिया बथनाहाका ५२ वर्षीय कपलेश्वर सरदार र ४८ वर्षीय बिन्देश्वर सरदारलाई कात्तिक ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितहरूले असोज ३० गते बिहान बलात्कार प्रयास गरेको आरोप लगाउँदै पीडितले कात्तिक ४ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् ।

‘मर्निङ्ग वाक’ मा निस्किएका बेला घरदेखि ३ सय मिटर उत्तर परालको टाल भएको बारीमा आरोपितहरूले नियन्त्रणमा लिएर बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।

बलात्कार प्रयासको आरोपमा उजुरी दर्ता गरी आरोपितहरूलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी नरेशकुमार सिंहले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कात्तिक ४ गते गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments