Incident Reports

भरतपुरका स्काउटर आन्दोलित

2020-10-30

Bagmati, Chitawan, Bharatpur

भरतपुर, १४ कात्तिक । भरतपुरमा स्काउटरको भेलाले शिवप्रसाद बरालको संयोजकत्वमा संघर्ष समिति गठन गरेको छ । स्काउटमा देखिएको व्यक्तिवाद तथा राजनैतिकरणको विरोधमा संघर्ष समिति गठन गरिएको जनाइएको छ ।

समितिमा सहसंयोजकमा सचिनजंग कार्की, सदस्यहरुमा इश्वर गुरुङ, सन्तोष बस्ताकोटी, गणेश थापा, गोपी तामाङ, अशोक ढकाल, रामु पाण्डे, सूर्य तिवारी, महेश सुवेदी, सिंहबहादुर कुँवर, लिलानाथ गौतम, संगिता पराजुली रहेका छन् ।

जिल्ला स्काउट खारेज गर्दै प्रदेशस्तरीय तदर्थ समिति गठन भएपछि असन्तुष्टी जनाउँदै स्काउटरहरुले संघर्ष समिति गठन गरेका हुन् । प्रदेशस्तरीय समितिमा चितवनबाट प्रतिनिधित्व नगराइएको, स्काउटको ज्ञान नभएकालाई समितिमा राखेको, स्काउटलाई राजनीतिक भागवण्डा गर्ने थलोका रुपमा विकास गरेको लगायतका आरोप असन्तुष्ट स्काउटरले लगाएका छन् ।

संघर्ष समितिले आइतबार जिल्ला प्रशासन कार्यालय चितवन र भरतपुर महानगरमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।

चितवनमा स्काउट प्रशिक्षण दिने ३ सय बढी स्काउटर छन् । ४ हजार बढी विद्यार्थी स्काउटमा आवद्ध छन् । ४ सय जना विद्यार्थी रोबर तथा रेञ्जर छन् । ८५ वटा ट्रुप र ६ वटा क्रियु रहेका छन् । सामुदायीक तथा संस्थागत विद्यालयमा स्काउटका गतिविधि हुदै आएका छन् ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 13
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments