Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-28

Bagmati, Dhading, Tripura Sundari, Ward 6

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी गाउँपालिका–६ का २४ वर्षीय भुवन बस्याललाई प्रहरीले कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

दशैँको बेला पाहुना लाग्न गएका बस्यालले सोही घरकी महिलालाई कात्तिक १२ गते बिहान बलात्कार गरेपछि स्थानीयको सहयोगमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

पीडित महिलाले कात्तिक १२ गते बस्याल विरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी तिम्सिनाले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य परीक्षण कात्तिक १२ गते धादिङ अस्पतालमा गरिएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments