Incident Reports

कैलालीमा कुटपिटबाट युवकको हत्या, तीन पक्राउ

2020-10-29

Sudurpashchim, Kailali, Lamkichuha, Ward 3

धनगढी – युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका कैलालीको लम्कीचुहा नगरपालिकाका २२ वर्षीय युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ भरत तिमल्सिनालाई बिहीबार राती जानकीनगर गाउँपालिकामा स्थानीय केही युवकले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते तिमिल्सिनालाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार युवकलाई कुटपिट गर्ने कार्यमा संलग्न भएको आशंकामा ३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा स्थानीय मानबहादुर चैधरी, केशव टमटा र शमर चौधरी रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports