Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-10-29

Bagmati, Dhading, Gajuri

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले कात्तिक १४ गते गिरफ्तार गरेको छ ।

पिङ खेल्न गएकी बालिकालाई आरोपित बालकले कात्तिक १३ गते बलात्कार गरेको अन्य बालकले देखेपछि स्थानीयबासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी युवराज खड्काले जानकारी दिनुभयो ।

खोटाङ निवासी बालक र उदयपुर जिल्ला निवासी बालिकाका परिवार धादिङमा मजदुरीका लागि आएका थिए । घटनापछि कात्तिक १४ गते इलाका प्रहरी कार्यालय गजुरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको डिएसपी खड्काले बताउनु भयो । बालिकाको धादिङ अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

सीताराम अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments